काठमाडौँ उपत्यकामा १०७५ जना सहित देशभर थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २१ साउन- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १०७५ जना सहित देशभर थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जनामा संक्रमण देखिएको छ ।यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ८७० आरटी पीसीआर तथा ६ हजार ६३८ एन्टीजेन परिक्षण सहित १८ हजार ४०८ जनाको परिक्षण गर्दा ३ हजार ९३८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ८६० रहेको छ भने सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ९९४ रहेको छ

Facebook Comments Box