माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीलाई पर्खिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई : नारायणकाजी श्रेष्ठ

काठमाडौं, १७ साउन – नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीलाई पर्खिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन्।
आइतबार बसेको माओवादीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले जसपा र नेपाल पक्षले केही दिन पर्खिन भनेको बताए।

‘जसपा र माधव नेपालपक्षलाई पर्खिएकाले मन्त्रिपरिषद् विस्तारका विषयमा ढिला भइरहेको छ। केही समय माग्नु भएको छ। धेरै ढिला गर्नु हुँदैन छिट्टै सरकारलाई पूर्णता दिनुपर्छ’, उनले भने

Facebook Comments Box