काठमाडौँ उपत्यकामा ६१३ जना सहित देशभर थप २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ८ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१३ जना सहित देशभर थप २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१०, भक्तपुरमा ६९ र ललितपुरमा १३४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १३ हजार ६९८ आरटी पीसीआर तथा ३ हजार ६१० एन्टीजेन परिक्षण सहित १७ हजार ३०८ जनाको परिक्षण गर्दा २ हजार ९७७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ३० हजार १४६ रहेको छ भने सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ६७८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ६७९ रहेको छ

Facebook Comments Box