काठमाडौँ उपत्यकामा ५६० जना सहित देशभर थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २१ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५६० जना सहित देशभर थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३७८, भक्तपुरमा ६० र ललितपुरमा १२४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ४९९ आरटी पीसीआर तथा ४ हजार २८ एन्टीजेन परिक्षण सहित ११ हजार ५२७ जनाको परिक्षण गर्दा २ हजार ६२२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ३६१ रहेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ६९० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार २११ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार २४८ रहेको छ

