काठमाडौँ उपत्यकामा ४२७ जना सहित देशभर थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ११ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२७ जना सहित देशभर थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३०८, भक्तपुरमा ४३ र ललितपुरमा ७६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ५८६ आरटी पीसीआर तथा ४ हजार ७६५ एन्टीजेन परिक्षण सहित १४ हजार ३५१ जनाको परिक्षण गर्दा २ हजार ४७६ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ६१ हजार ८४१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ९४५ रहेको छ

