काठमाडौँ उपत्यकामा ३३५ जना सहित देशभर थप २ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १० असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३५ जना सहित देशभर थप २ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २३५ आरटी पीसीआर तथा ४ हजार ९९७ एन्टीजेन परिक्षण सहित १२ हजार २३२ जनाको परिक्षण गर्दा २ हजार ४७४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ५९ हजार ३६५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ५१८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ९१८ रहेको छ

