काठमाडौँ उपत्यकामा १ हजार ११५ जना सहित देशभर थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २४ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ११५ जना सहित देशभर थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९०, भक्तपुरमा १३५ र ललितपुरमा १९० जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १२ हजार २ आरटी पीसीआर तथा ५ हजार ९०१ एन्टीजेन परिक्षण सहित १७ हजार ९०३ जनाको परिक्षण गर्दा ४ हजार ४७२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ९१ हजार ४९४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७१८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ९५१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार ९९० रहेको छ

