अध्यादेशबाट जेठ १५ मै बजेट : प्रधानमन्त्री ओली
काठमाडौँ, ९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले यही १५ गते अध्यादेशबाट बजेट आउने जानकारी दिनुभएको छ । पत्रकारसँगको छलफलमा आइतबार एक औपचारिक कार्यक्रमका बीच राष्टपति विद्यादेवी भन्डारीले यही जेठ १५ मै बजेट प्रस्तुत गर्ने बताउनुभयो ।
यसअघि नै घोषणा गरिएका कार्यक्रमलाई प्राथमिकता दिएर बजेट आउने उहाँको भनाइ छ । उहाँले कोभिडलाई प्राथमिकता दिएरै बजेट आउने स्पष्ट पार्नुभयो
विकास निर्माणका आयोजनालाई प्राथमिकता दिए पनि नयाँ ठूला आयोजना नआउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
Facebook Comments Box

