काठमाडौँ उपत्यकामा ३ हजार २३२ जना सहित देशभर थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ६ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार २३२ जना सहित देशभर थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा २१ हजार ६९५ जनाको आरटी पीसीआर तथा ३९२ जनाको एन्टीजेन सहित २२ हजार ८७ जनाको परिक्षण गर्दा ८ हजार ३०५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ८८ हजार ६४५ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ९३२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ५४३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ५ हजार ८४७ रहेको छ ।

