काठमाडौँ उपत्यकामा २ हजार ४८६ जना सहित देशभर थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ५ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४८६ जना सहित देशभर थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ९८८, भक्तपुरमा २२८ र ललितपुरमा २७० जनामा संक्रमण देखिएको छ ।यस्तै, देशभरको प्रयोगशालामा २१ हजार १३९ आरटी पीसीआर तथा ७०८ एन्टीजेन परिक्षण सहित २१ हजार ८४७ जनाको परिक्षण गर्दा ८ हजार १७३ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ८० हजार ५२७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख २२ हजार ७९२ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८५४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार ९९९ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ६० हजार ४१३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ५ हजार ६५७ रहेको छ

