काठमाडौँ उपत्यकामा २ हजार ६३५ जना सहित देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ४ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६३५ जना सहित देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा २० हजार २८६ जनाको आरटी पीसीआर तथा ६९३ जनाको एन्टीजेन सहित २० हजार ९७९ जनाको परिक्षण गर्दा ८ हजार २०३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५३९ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७५२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ८९१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४४१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ५ हजार ४११ रहेको छ ।

Facebook Comments Box