नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्ने

काठमाडौँ, ३० वैशाख – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव आधा घण्टा भेटवार्ता भएको छ ।

दुई नेताबीचको भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्नेबारे छलफल भएको छ । साथै उहाँहरुबीच जसपा र एमालेको माधव नेपाल समुहले गर्ने सम्भावित निणर्यबारे समेत छलफल भएको दुवै नेता निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आज राति नौ बजेसम्म दावी पेश गर्न दलहरूलाई आव्हान गर्नुभएको थियो ।

Facebook Comments Box