काठमाडौँ उपत्यकामा ३ हजार ९२४ जना सहित देशभर थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २९ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९२४ जना सहित देशभर थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा २० हजार ३६२ आरटी पीसीआर तथा ४२४ एन्टीजेन परिक्षण सहित २० हजार ७८६ जनाको परिक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख २२ हजार ४१६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ३१३ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ५१७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ४ हजार २५२ रहेको छ

