काठमाडौँ उपत्यकामा ४ हजार १०६ जना सहित देशभर थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १०६ जना सहित देशभर थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १९ हजार ९८७ जनाको आरटी पीसीआर तथा ४९५ जनाको एन्टीजेन सहित २० हजार ४८२ जनाको परिक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ७७ हजार ६०३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ३८० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ५७९ रहेको छ ।

Facebook Comments Box