कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु सगै देशभर थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १६ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५६१ जना सहित देशभर थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १२७, भक्तपुरमा १८२ र ललितपुरमा २५२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १२ हजार ५९७ आरटी पीसीआर तथा ९६३ एन्टीजेन परिक्षण सहित १३ हजार ५६० जनाको परिक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० रहेको छ भने सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ५९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ८८८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार २४६ रहेको छ

