धौलागिरि अस्पतालमा कोभिड–१९ प्रयोगशाला

बलेवा, ८ वैशाख – धौलागिरिका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरि अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पिसिआर मेसिन जडान भएपछि शङ्कास्पद बिरामीको थ्रोट स्वाव पठाएर हप्तौं कुनुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।

सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै छ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो । मेसिन अहिले परीक्षणमा रहेको छ । परीक्षण सकिएलगत्तै कोरोना नियमीत काम थालिने अस्पताल प्रमुख सुपरिटेण्डेन्ट डा शैलेन्द्र बिक पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलले भन्नुभयो, “सम्भवतः यही सातादेखि बागलुङबाट कोरोना परीक्षण गरिने छ ।”

मेसिनबाट एक दिनमा ७० जनाको परीक्षण हुने डा पोख्रेलले बताउनुभयो । कोरोना परीक्षणको लागि चार प्राविधिकले काम गर्नेछन् ।

मेसिन जडान गरिएसँगै बागलुङ, पर्वत र म्याग्दीका नागरिक लाभान्वित हुनेछन् भने कोरोनाको रिपोर्ट प्राप्त गर्न लामो समय कुर्नु पर्ने बाध्यता हट्नेछ । सङ्घ र गण्डकी प्रदेश सरकारको झण्डै एक करोड लगानीमा प्रयोगशाला तयार भएको हो ।

तीन

Facebook Comments Box