काठमाडौँ उपत्यकामा ४३५ जना सहित देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३५ जना सहित देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ८४ आरटी पीसीआर तथा ६९४ एन्टीजेन परिक्षण सहित ५ हजार ७८३ जनाको परिक्षण गर्दा १ हजार ९६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजार ६७३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार २९० रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २६२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ८३ रहेको छ ।

Facebook Comments Box