सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग गरेन : मुख्यमन्त्री भट्ट

गोदावरी, ५ वैशाख – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उहाँले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताउनुभयो ।

पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उहाँले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको उल्लेख गर्नुभयो । मन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाउनुभयो । कोरोना महामारीमा सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग नगरेका कारण धेरै समस्या भएको उहाँले गुनासो पोख्नुभयो ।

भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकालाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधिको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको उहाँको आरोप थियो ।

Facebook Comments Box