काठमाडौँ उपत्यकामा २०१ जना सहित देशभर थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ४ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०१ जना सहित देशभर थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६१, भक्तपुरमा १२ र ललितपुरमा २८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ३३३ आरटी पीसीआर तथा ६७१ एन्टीजेन परिक्षण सहित ६ हजार ४ जनाको परिक्षण गर्दा ८४३ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ७५ रहेको छ ।