काठमाडौँ उपत्यकामा २५४ जना सहित देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५४ जना सहित देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७३ भक्तपुरमा २० र ललितपुरमा ६१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ४ हजार २८९ आरटी पीसीआर तथा ४१५ एन्टीजेन परिक्षण सहित ४ हजार ७४० जनाको परिक्षण गर्दा ६०३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८१ हजार ५६४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ५६ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १२९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ४४७ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जाना मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार ६१ रहेको छ ।

Facebook Comments Box