काठमाडौँ उपत्यकामा ६५ जना सहित देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १२ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६५ जना सहित देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१, भक्तपुरमा १९ र ललितपुरमा ५ जनामा संक्रमण देखिएको छ ।


यस्तै, देशभरको प्रयोगशालामा २ हजार ८९१ जनाको पीसीआर परीक्षण गर्दा १२० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको छ ।


यसैगरी, पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा मृत्यु संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार २० रहेको छ ।

Facebook Comments Box