नेपाल-खनाल समूहको १३ – बुँदे कार्ययोजना

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको भन्दै समानान्तर गतिबिधि सुरु गरेको नेकपा-एमालेभित्रको नेपाल — खनाल समूहले आफ्नो आगामी कार्ययोजना तय गरेको छ । पार्टीमा ओली प्रवृत्तिविरुद्ध लड्ने भन्दै पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आज बुधबारबाट दुई-दिने राष्ट्रिय भेला सुरु गरेको छ ।
योे भेलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘आगामी काम’ उपशीर्षकमा १३-बुँदे योजना उल्लेख गरिएको छ ।
बुँदागत रुपमा प्रस्तुत गरिएका ती योजनाहरु
-नेकपा एमाले र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने
-२०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना
(सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागहरुको पुनर्स्थापना) गर्ने

  1. विधिविधानको पुनर्स्थापना र विकास गर्ने
  2. नवौ महाधिवेशनको कार्यदिशाको स्थापना गर्ने
  3. नवौँ महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान गर्ने
    -आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयको तयारी गर्ने
    -केपी ओलीका गल्तीका कारण उनले राजीनामा गर्नुपर्ने
    -कार्यवाहक नेतृत्वको तयारी गर्ने
    -गुटका निणर्यहरु खारेज गर्ने
    -पार्टीलाई पुर्वावस्थामा फर्काउने र जेष्ठ २ गतेको अवस्थामा लैजाने
  4. नवौँ महाधिवेशनको निणर्य र विधानको अवस्थामा लैजानुपर्ने
    -पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानुपर्ने
    -पार्टीलाई नेपाली समाजवादको दिशातर्फ अगाडि बढाउनुपर्ने
    यो समूहले संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामथ्र्यमा रहेको खतरा र कम्युनिष्ट पार्टी तथा समाजवादविरोधी शक्तिबाट हुनसक्ने खतरालाई अबका चुनौतिको रुपमा व्याख्या गरेको छ।
Facebook Comments Box