तालिवान लडाकूहरुले अफगानिस्तानको कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी

अफगानिस्तान, २५ साउन – चरमपन्थी संगठन तालिबानले अफगानिस्तानको थप एक प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेको छ। तालिवान लडाकूहरुले कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन्।

यसअघि तालिबानले निम्रोज प्रान्तको जारन्ज तथा उत्तरी क्षेत्रमा रहेको जाज्जान प्रान्तको सेबर्घान सहर नियन्त्रणमा लिएको दाबी गरेको छ। योसमेत गरी उनीहरुले अफागानिस्तानमा तेस्रो प्रान्तीय राजधानी कब्जा गरेका छन्। सो क्षेत्रमा तालिबान र अफगान सेनाबीच भिडन्त भने जारी नै रहेको समाचारहरुमा उल्लेख छ।

पछिल्लो तीन दिनमा तीन प्रान्तीय राजधानी आफूहरुले कब्जामा लिएको लडाकूहरुले आइतबार दाबी गरेका छन्। उनीहरुले कुन्दुज प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको दाबी गरेका छन्।

गत शुक्रबार दक्षिण पश्चिमी प्रान्त निम्रोेजको राजधानी जारान्ज कब्जामा लिएको र त्यसपछि उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान सहर आफ्नो नियन्त्रणमा आएको तालिबानले जनाएको छ।

अफगानिस्तानको ग्रामीण इलाकामा प्रभाव रहेको तालिबान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ।

Facebook Comments Box