भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध इटहरीमा प्रदर्शन

इटहरी, २४ साउन – भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध इटहरीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय भूमिहीन मञ्चको आयोजनामा भएको प्रदर्शन दिउँसो तीन बजेबाट सुरु भएको थियो ।

प्रदर्शनकारीहरूले इटहरी चोकको बजार हुँदै इटहरी उपमहानगरपालिका परिसरमा आएर प्रदर्शन गरेका थिए । आयोग विघटनको निर्णय फिर्ता हुनुपर्ने र सुकुम्बासीले जमिन पाउनुपर्नेलगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।

Facebook Comments Box