काठमाडौँ उपत्यकामा १२७९ जना सहित देशभर थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २० साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२७९ जना सहित देशभर थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९०८, भक्तपुरमा १६५ र ललितपुरमा २०६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ३५४ आरटी पीसीआर तथा ४ हजार ९४४ एन्टीजेन परिक्षण सहित १६ हजार २९८ जनाको परिक्षण गर्दा ४ हजार १०७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार ७२२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ५३५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ९५७ रहेको छ

