काठमाडौँ उपत्यकामा ९०४ जना सहित देशभर थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १९ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९०४ जना सहित देशभर थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ६३८ आरटी पीसीआर तथा ६ हजार ८० एन्टीजेन परिक्षण सहित १६ हजार ७१७ जनाको परिक्षण गर्दा ३ हजार ३८३ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ९९४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ९२२ रहेको छ

