काठमाडौँ उपत्यकामा ७७५ जना सहित देशभर थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७७५ जना सहित देशभर थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार २६३ आरटी पीसीआर तथा ४ हजार २५६ एन्टीजेन परिक्षण सहित १३ हजार ५१९ जनाको परिक्षण गर्दा ३ हजार १०६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७३९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ९१६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ८५७ रहेको छ

Facebook Comments Box