निर्वाचन आयोगमा जारी हेडकाउन्ट यादव पक्षमा ३४ ठाकुर पक्षमा भने १६ जना
काठमाडौं, ११ साउन – निर्वाचन आयोगमा जारी हेडकाउन्टमा जनता समाजवादी पार्टीका ५० जना कार्यकारिणी सदस्यले पक्षधरता स्पष्ट गरिसकेका छन्। रेमश चौधरी भने आयोग आउँदै गरेको बुझिएको छ। ५० जनामध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा मतदान गरेका छन्। महन्थ ठाकुर पक्षमा भने १६ जनाले मात्रै मतदान गरेका छन।
पार्टीमा दोहोरो सत्ता कायम भएपछि यादव पक्षले निर्वाचन आयोगमा आधिकारिताको लागि निवेदन दिएको थियो। आयोगले हेडकाउन्ट गरेर आधिकारिता टुंगो लगाउन कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको हो।
Facebook Comments Box

