इजरायलले नेपालबाट केयरगिभर कामका लागि हजार जना नेपाली माग्यो

काठमाडौं, ११ साउन – इजरायलले नेपालबाट हजार जना श्रमिक माग गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार जना नेपाली मागेको हो। कोरोना महामारीका कारण यसबीच अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक/डेढ हप्ताभित्र विज्ञापन खुलाइने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिएका छन्।

इजरायल र नेपालबीच भएको सम्झौतामा पहिलो चरणमा ५ सय जना मात्रै कामदार लाने उल्लेख छ। यसर्थ हजार जनाका लागि विज्ञापन खुलाउँदा एकैचोटि खुलाउने कि दुईपटक गर्ने भन्ने विषयमा भने इजरायलसँग अनुमति मागिने विभागले जनाएको छ। इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी विभागले गरेको छ।

Facebook Comments Box