काठमाडौँ उपत्यकामा ४७४ जना सहित देशभर थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ४ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४७४ जना सहित देशभर थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ८३३ आरटी पीसीआर तथा ३ हजार ८३१ एन्टीजेन परिक्षण सहित ११ हजार ६६४ जनाको परिक्षण गर्दा २ हजार ४४५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ६३ हजार ४९४ रहेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ८३७ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार २५८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५८२ रहेको छ

