प्रचण्डको नेता सँग भेटघाट तिब्र
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माधव नेपाललाई भेटेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा पुगेर प्रचण्डले भेटेका हुन्।
दुई नेताबीच गठवन्धन र वर्तमान राजनीतिको विषयमा छलफल हुने जनाइएको छ। आज नै प्रचण्डले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि भेटेका छन्। नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको थियो। एमाले विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेको समाचार आइरहेको बेला दाहालले भेटवार्ता तीब्र बनाएका हुन्।
Facebook Comments Box

