काठमाडौँ उपत्यकामा ३८० जना सहित देशभर थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २५ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३८० जना सहित देशभर थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ६५७ आरटी पीसीआर तथा ४ हजार ६५६ एन्टीजेन परिक्षण सहित ११ हजार ३१३ जनाको परिक्षण गर्दा २ हजार २३९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ९५ हजार ८८ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ५९० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३१६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ३४० रहेको छ

