काठमाडौँ उपत्यकामा ५४३ जना सहित देशभर थप २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २३ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४३ जना सहित देशभर थप २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ८३५ आरटी पीसीआर तथा ४ हजार ६३ एन्टीजेन परिक्षण सहित ११ हजार ८९८ जनाको परिक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ९७४ रहेको छ भने सक्रिय संक्रमितको संख्या २३ हजार ७५६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख १४ हजार ३२७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार २९१ रहेको छ

