प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन
काठमाडौं, २३ असार – भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ करीब एक हप्ता अघि अस्पताल भर्ना हुनुभएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
उहाँ बुढ्याैली उमेरमा हुने राेगबाट ग्रसित हुनु भए पछि उपचारका लागि मुम्बइकाे एक अस्पतालमा भर्ना हुनुभएकाे थियाे । साेमबार उहाँकाे स्वास्थ्य अबस्थमा केही सुधार भएकाे भन्दै उहाँकी श्रीमती सारा बानुले प्राथनाका लागि सबैलाई आग्रह गर्नुभएकाे थियाे ।
Facebook Comments Box

