काठमाडौँ उपत्यकामा ३७६ जना सहित देशभर थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७६ जना सहित देशभर थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४६, भक्तपुरमा ४९ र ललितपुरमा ८१ जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ८३७ आरटी पीसीआर तथा ४ हजार ९९६ एन्टीजेन परिक्षण सहित १० हजार १३३ जनाको परिक्षण गर्दा २ हजार ३२८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ८१ हजार १३६ रहेको छ भने सक्रिय संक्रमितको संख्या २९ हजार ८७८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ६६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार १९८ रहेको छ

Facebook Comments Box