रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु
काठमाडौँ । रुसको दक्षिणपश्चिमी साइबेरियामा रुसी सेनाको यातायात विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । मङ्गलबार भएको एएन–१२ विमान दुर्घटनामा परेको हो । रुसी सञ्चारमाध्यम इजभेस्टियाका अनुसार उडिरहेको विमान एक्कासि जमिनमा खसेर आगलागी भएको थियो ।
रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आरआईएले दुर्घटनाको प्रारम्भिक अध्ययनमा प्राविधिक गडबडीका कारण विमान दुर्घटना भएको हुन सक्ने जनाएको छ । विमान मानिसको बसोबास नभएको क्षेत्रमा खसेको बताइएको छ । यद्यपि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ । एएन–१२ विमान रुसी सेनाले सैनिक कर्मचारी, हतियार, गोलीगठ्ठा तथा अन्य सैन्य सामग्री ओसारपसारका लागि प्रयोग गर्दै आएको थियो ।
Facebook Comments Box

