काठमाडौँ उपत्यकामा ४२४ जना सहित देशभर थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १३ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२४ जना सहित देशभर थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९२, भक्तपुरमा ३२ र ललितपुरमा १०० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ० आरटी पीसीआर तथा ३ हजार ८३६ एन्टीजेन परिक्षण सहित ९ हजार ८३६ जनाको परिक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ६५ हजार ७७७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ९ रहेको छ

