संखुवासभामा बाढीले ४८ वटा बाख्रा बगायो
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ ठाडोखोलामा आएको बाढीले ४८ वटा बाख्रा बगाएको छ। भोटखोला–४ का नवीन गुरुङको पुलमुनि बनाइएको खोरमा राखिएका बाख्रा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो।
घटनाको जानकारी पाएलगत्तै मंगलबार स्याक्सिलागोला प्रहरी टोली घटनास्थलमा पुगेको थियो। ठूलो सङ्ख्यामा बाख्रा बगाएपछि लाखौँ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

