दोधारा–चाँदनी झोलुङ्गे पुलमा आवागमन बन्द
धनगढी । कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुलमा फलामका पाता माथि उठेपछि आवागमन बन्द गरिएको छ। दोधारा–चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकामसँग जोड्ने पुलको केही भागमा नट–बोल्ट फुत्किएर फलामका पाता अस्वाभाविक रूपमा माथि उठेको पाइएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो।
पुलमा पैदलयात्री तथा दुईपाङ्ग्रे सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ। पुलको मर्मतसम्भार सम्पन्न भएपछि मात्रै आवागमन खुलाइने बताइएको छ। महाकाली नदीमाथि निर्माण भएको यो पुल एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा चिनिन्छ। पुलको लम्बाइ एक हजार ४५२ दशमलव ९६ मिटर रहेको छ।
Facebook Comments Box

