भोटेकोशी बाढीले ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त

काठमाडौँ, ११ भदौ – भोटेकोशी नदीमा आएको भीषण बाढीले वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार गल्छीदेखि त्रिशूलीसम्मको थप १० किलोमिटर सडकसमेत बन्द भएको छ। बाढीका कारण ४१ वटा पुलमा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ।

क्षतिग्रस्त सडक खुलाउन सरकारी तथा निजी क्षेत्रका २० वटा उपकरण परिचालन गरिएका छन्। पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउन तथा रसुवालाई पुनः सडक सञ्जालसँग जोड्न बेलिब्रिज जडानको तयारीसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box