सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो लाग्ने
काठमाडौँ, १० पुस – हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तर, वर्षा र हिमपातको सम्भावना भने कतै पनि छैन। तराईका थोरै स्थानमा यतबिेला हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो पनि सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ। आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नको लागि आवश्यक उपाय अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।
Facebook Comments Box

