नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, एकतर्फी यातायात सञ्चालन

चितवन, १८ साउन – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल क्षेत्रमा आज बिहान ढुङ्गासहित पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ। हाल उक्त सडकमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको छ।

थप ढुङ्गा नझरे केही समयमै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। वर्षायाममा उक्त सडक पहिरोको उच्च जोखिममा रहने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र अत्यन्त सावधानी अपनाउन प्रहरीले सबै यात्रुसँग आग्रह गरेको छ।

Facebook Comments Box