आज काठमाडौंसहित २८ जिल्लामा बाढीको जोखिम

काठमाडौँ, ८ साउन – बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित देशका २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। आज बिहान जारी बुलेटिनअनुसार खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुमपूर्व, रुकुमपश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा र डोटी जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना रहेको छ।

महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी तथा खोलानजिक नजान र बाढीको जोखिमलाई ध्यानमा राख्न आग्रह गरेको छ।

Facebook Comments Box