रौतहटमा हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
रौतहट, १२ जेठ – रौतहटमा सोमबार साँझ आएको हुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको घर भत्किएर थिचिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट का निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढई का अनुसार हुरीका कारण टायलको छानो र बाँसको बारले बनेको एकतले कच्ची घर भत्किएको थियो । घटनामा गम्भीर घाइते भएकी फूलकुमारीलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो । उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

