प्रतिनिधिसभा बैठक आज बस्दै, पर्यटन विधेयकसहित विभिन्न प्रस्ताव प्रस्तुत हुने

काठमाडौं, १२ जेठ – प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालय का अनुसार बैठकमा खडकराज पौडेल ले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी प्रधानमन्त्री वालेन्द्र शाह का तर्फबाट सोविता गौतम ले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

Facebook Comments Box