सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति सम्बन्धी सूचना रद्द

काठमाडौं, ८ जेठ – सार्वजनिक सेवा प्रसारण संस्था मा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको दरखास्त सूचना रद्द गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालय ले नयाँ सूचना प्रकाशित गर्दै यसअघि जारी गरिएको आवेदन आह्वान रद्द गरिएको जानकारी दिएको हो ।

मन्त्रालयले जेठ ७ गते गोरखापत्र मा सूचना प्रकाशित गर्दै अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । तर त्यसको भोलिपल्ट अर्थात् जेठ ८ गते नै अर्को सूचना जारी गर्दै उक्त आह्वान रद्द गरिएको जनाएको छ । सूचना रद्द गर्नुको कारण भने मन्त्रालयले खुलाएको छैन ।

Facebook Comments Box