दुर्गा प्रसाईंको थुना प्रकरण : २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई सर्वोच्च अदालतको आदेश
काठमाडौं, ७ जेठ – सर्वोच्च अदालत ले मेडिकल व्यवसायी दुर्गा प्रसाईं को थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सम्बन्धित सुरक्षा निकायलाई आदेश दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल को एकल इजलासले बुधबार उक्त आदेश दिएको हो ।
Facebook Comments Box

