१३ स्थानीय तहलाई डेङ्गीबारे सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौँ, २६ वैशाख –इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गी सङ्क्रमण देखिएका १३ स्थानीय तहलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाको किटजन्य रोग शाखाका प्रमुख गोकर्णप्रसाद दाहाल का अनुसार पुस महिनायता विभिन्न स्थानीय तहमा डेङ्गी सङ्क्रमणको अवस्था अध्ययन भइरहेको छ। अन्यत्र फाट्टफुट्ट सङ्क्रमण देखिए पनि १३ स्थानीय तहमा पाँच जनासम्म सङ्क्रमित भेटिएकाले सतर्कता अपनाउन पत्राचार गरिएको उहाँले बताउनुभयो।

डेङ्गी सङ्क्रमण देखिएका स्थानीय तहमा सिद्धिचरण नगरपालिका, भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका, धरान उपमहानगरपालिका, बेनी नगरपालिका, भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, हेटौँडा उपमहानगरपालिका, कमलामाई नगरपालिकाललितपुर महानगरपालिका रहेका छन्।

महाशाखाका अनुसार पुष यता देशभर करिब ६ सय जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। डा दाहालले अहिले परेको पानीले डेङ्गी फैलाउने जोखिम तत्काल नबढाउने बताउनुभयो। उहाँका अनुसार डेङ्गी सार्ने एडिज एजिप्टीएडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने गर्छन्। त्यहीँबाट लार्भा विकसित भएर वयस्क लामखुट्टे बनेपछि मानिसलाई टोक्दा डेङ्गी सङ्क्रमण फैलिने गर्दछ।

Facebook Comments Box