हुन्डी आशङ्कामा दुई जना नियन्त्रणमा, लाखौँ नगद बरामद

इनरुवा, २७ चैत – सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा स्रोत नखुलेको नगद फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरी ले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारतको सुपौल जिल्ला छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । प्रहरीका अनुसार यादवको साथबाट नेपाली पाँच लाख एक हजार ५०५ रुपैयाँ र भारतीय पाँच हजार ३५० रुपैयाँ बरामद भएको छ ।

त्यस्तै मुखियाको साथबाट नेपाली एक लाख ४७ हजार २०५ रुपैयाँ र भारतीय सात हजार ६०० रुपैयाँ फेला परेको छ । दुवै जनाबाट जम्मा नेपाली ६ लाख ४८ हजार ७१० रुपैयाँ र भारतीय १२ हजार ९५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments Box