राष्ट्रपतिद्वारा आज सङ्घीय संसद्लाई सम्बोधन गर्नुहुने
काठमाडौँ, २७ चैत – रामचन्द्र पौडेल ले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने छ । प्रतिनिधि सभाको निर्वाचनपछि संयुक्त बैठक बस्न लागेको यो पहिलो अवसर हो ।
संविधानको धारा ९५(२) अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद् को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ ।यसैबीच, सङ्घीय संसद् सचिवालयले बैठकका लागि सदस्यहरूलाई दिउँसो २:४५ बजेभित्र उपस्थित भइसक्न सूचित गरेको छ ।
Facebook Comments Box

